दुर्लभ ध्वाँसे चितुवा उद्धार गरेर चितवन पठाइयो

दुर्लभ ध्वाँसे चितुवा उद्धार गरेर चितवन पठाइयो

उदयपुर : लोपोन्मुख ध्वाँसे चितुवा उदयपुरमा फेला परेको छ। 

बेलका नगरपालिका-९ यशोधा खोला नजिकको जंगलमा घाइते अवस्थामा फेला परेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवा डिभिजन वन कार्यालय उदयपुरले उद्धार गरेको हो। 

घाइते चितुवाको औषधि उपचारपछि मंगलबार चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रमा पठाइएको डिभिजनल वन अधिकृत डा. ईन्द्रप्रसाद सापकोटाले बताए। 

नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसूची १ मा रहेको ध्वाँसे चितुवा नेपालमा करिब चार सय र विश्वमा तीन हजारको हाराहारीमा मात्र रहेको अनुमान छ। 

वन कर्मचारीले गस्तीका क्रममा वन क्षेत्रमा फेला परेको चितुवालाई भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु वन्यजन्तु आरक्षको पशु विज्ञ चिकित्सकको टोलीले प्राथमिक उपचार गरी थप उपचार र संरक्षणका लागि चितवन पठाइएको उनले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.