सम्सीबाट ८ चौपाया प्रहरीको नियन्त्रणमा

सम्सीबाट ८ चौपाया प्रहरीको नियन्त्रणमा

महोत्तरी : प्रहरीले महोत्तरीको सम्सीबाट ८ चौपाया नियन्त्रणमा लिएको छ। 

आज दिउँसो सम्सी गाउँपालिका-७ दशगजाक्षेत्रबाट नेपालबाट भारततर्फ निकासी गरिरहेको अवस्थामा प्रहरीले सो पशु चौपायाहरू नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्रहरी टोलीले ७ वटा गाई र १ वटा गोरु नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिएको पशुचौपायालाई आवश्यक कारबाही प्रक्रियाका लागि जलेश्वरस्थित भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन्। 

प्रहरीलाई देख्नासाथ तस्करले गाईवस्तु छाडी फरार भएको डीएसपी गिरीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.