राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा

राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा
सुन्नुहोस्

वाशिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन्। ८० वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुन्। 

राष्ट्रप्रमुखका रूपमा आफूले सपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन राष्ट्रपति बाइडेनले मतदातासमक्ष पुनः अनुरोध गरे। ह्वाइट हाउसमा पुनः उनी पुगेमा कार्यकालको अन्त्यतिर उनको उमेर ८६ वर्ष हुनेछ। 

आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लागेका उनको वाशिङ्टन अनुभव उमेरभन्दा महत्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन्। उनी जत्तिकै अनुभवी प्रतिस्पर्धी नभएकाले उनको दलले पनि उनको उम्मेदवारीलाई अनुमोदन गर्नेछ। बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उनले कठोर संघर्ष गर्नुपर्नेछ। 

ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरे। अधिकभन्दा अधिक अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.