उपनिर्वाचन : राष्ट्रपति पौडेलको गढ भत्किँदा संसदमा कांग्रेसको सिट घट्यो, रास्वपाको बढ्यो

उपनिर्वाचन : राष्ट्रपति पौडेलको गढ भत्किँदा संसदमा कांग्रेसको सिट घट्यो, रास्वपाको बढ्यो

तीन वटै निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा रास्वपा र एमाले एक्लाएक्लै लडेका थिए भने कांग्रेस र जसपाका उम्मेदवारले सत्ता गठबन्धनको साथ पाएका थिए।

काठमाडौं : निर्वाचन आयोगले बैशाख १० गते भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। तीन क्षेत्रमा भएको उपनिर्वाचनबाट नेपाली कांग्रेसले एक सिट गुमाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढाउन सफल भएको छ। 

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती दुवै निर्वाचन क्षेत्र रिक्त भएका थिए। चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए।

उपनिर्वाचनमा चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने र तनुहँ-१ रास्वपाकै स्वर्णिम वाग्ले शानदार मतका साथ विजयी भएका हुन्। उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेर विजयी भएका हुन्। योसँगै संसदमा रास्वपाको एक सिट बढेर २१ पुगेको छ।null

चितवनमा लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याउँदा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मात्र प्राप्त गरे। उनीहरुको मतान्तर ४२ हजार ९ सय ६२ रहेको छ। एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याए। लामिछानेले मंसिरको निर्वाचनमा खसेको ८४ हजार ३ सय १५ मध्ये ४९ हजार ३ सय मत ल्याएका थिए। उपचुनावमा ४ सय ८० मतदाता थपिँदा ६ हजार ३८ मत कम खसेको थियो। तापनि उनले ४ हजार ८ सय ७६ मत बढी ल्याए।

छोटो समयमा गत निर्वाचनबाट उदाएको रास्वपा, एमाले नेतृत्वको गठबन्धनबाट उपप्रधानमन्त्री एवम् गृहसहित सरकार सहभागी थियो। सभापति लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी भएको थियो।

यसैगरी गत मंसिरको निर्वाचनमा जितेका कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि भएको उपचुनावमा मतदाताले पाँच महिनामै मत परिवर्तन गरी वाग्लेलाई रोजेका हुन्। जुन निर्वाचन क्षेत्र कांग्रेसको गढ मानिन्थ्यो। तर, कांग्रेस छाडेर रास्वपामा प्रवेश गरी टिकट पाएका वाग्लेले जित हासिल गरेका छन्। null

वाग्लेले ३४ हजार ९ सय १९ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत पाएका छन्। यो भनेको १४ हजार ७ सय ९७ मतको अन्तर हो। एमाले उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४ सय ८८ मत पाएर तेस्रो स्थानमा आए। तनुहँका पौडेलको गढ भत्किएसँगै संघीय संसदमा कांग्रेसको ८९ सिटबाट एक सिट घटेको छ। 

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताले चुनावी सभामा निर्वाचन जिते मन्त्रि पद दिने आश्वसन दिए पनि मतदाताले नयाँलाई नै रोजेका छन्।उपनिर्वाचनमा एमालेको सिट संख्यामा तलमाथि नभएपनि कांग्रेस र एमाले दुवैको मत भने घटेको देखिएको छ। उता रास्वपातिर मतदाताको आकर्षण बढेको छ। 

यता बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् ।null यसैगरी एमालेका पुरुषोत्तम पौडेल १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले दुई हजार ८२९ मत पाएका छन् । गत निर्वाचनमा एमाले र जसपाको गठबन्धनबाट रामसहाय विजयी भएपनि यो पटक भने कांग्रेस, माओवादी केन्द्र, लोसपालगायतको सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर उपेन्द्र निर्वाचित भएका हुन्। योसँगै यादवलाई संसदीय यात्राको बाटो पुन : खुलेको छ।

तीन वटै निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा रास्वपा र एमाले एक्लाएक्लै लडेका थिए भने कांग्रेस र जसपाका उम्मेदवारले सत्ता गठबन्धनको साथ पाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.