सुक्खाग्रस्त क्षेत्रमा तरकारी खेती

सुक्खाग्रस्त क्षेत्रमा तरकारी खेती
सुन्नुहोस्

सिन्धुपाल्चोक : खानेपानीको समस्या झेलिरहेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्वाँराथोकका किसान तरकारी खेतीमा लागेका छन्।

परम्परागत खेती मकै, कोदोलगायत अन्न बालीबाट जीवन धान्न मुस्किल हुन थालेपछि स्वाँराथोकका किसान तरकारी खेतीमा होमिएका हुन्। टनेल निर्माणका लागि आवश्यक सामग्री, बीउबिजन र प्राविधिक सहयोग स्थानीय गैरसरकारी संस्था टुकी संघ सुनकोसीले उपलब्ध गराएको हो। 

सिङ्गै गाउँका किसानले बारीमा टनेल निर्माण गरेका छन्। सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उनीहरूले उदाहरणीय बनेका छन्। 

यस गाउँका प्रत्येक २३ घरधुरीमा टनेल निर्माण भएका छन्। अहिले टनेलमा गोलभेँडा खेती भइरहेको छ। तरकारी खेती गर्दा मकै र कोदोबाट भन्दा बढी आम्दानी हुनेमा किसान राजु पुरी विश्वस्त छन्। घरमा प्रयोग गरिसकेपछि खेर गएको पानीलाई संकलन गर्दै गोलभेँडा खेतीमा लगाउने गरेको उनी सुनाउँछन्। 

चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने काभ्रे बस्ती पनि सुक्खाग्रस्त क्षेत्र हो। सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसान यतिखेर टनेल निर्माण गर्दै गोलभेँडा खेती गर्न व्यस्त छन्। गाउँस्तरीय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धारामा १५ मिनेट जति पानी आउँछ। 

त्यही पानीलाई जोहो गर्दै यहाँका किसानले खेती गर्दै आएका छन्। सिँचाइका लागि स्थानीय तहले प्रबन्ध मिलाइदिए तरकारी खेतीलाई सहयोग पुग्ने किसान अस्मिता लामाको भनाइ छ। 

‘अहिलेलाई त एउटा टनेलमा गोलभेँडा लगाएका छौं,’ लामाले भनिन् ‘सिँचाइको राम्रो प्रबन्ध हुने हो भने हामी तरकारी खेतीलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्ने सोच छ।’ यो गाउँमा १९ घर परिवारले टनेलभित्र तरकारी खेती गर्दै आएका छन्। किरा नियन्त्रणका लागि ठाउँठाउँमा इन्सेक ट्रापरको पनि व्यवस्था गरिएको छ भने थोपा सिँचाइ पनि गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.