मोरङमा ५ सय ४२ किलो गाँजा बरामद

मोरङमा ५ सय ४२ किलो गाँजा बरामद
बोरामा प्याक गरेको अवस्थामा नेपाल प्रहरीले मोरङको जहादबाट नियन्त्रणमा लिएको गाँजा । तस्बिर: किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : नेपाल र सशस्त्र प्रहरीले मोरङका अलग-अलग स्थानबाट बुधबार ५ सय ४२ किलोग्राम गाँजा बरामद गरेको छ। 

जहदा गाउँपालिका र विराटनगर महानगरपालिकाबाट ठूलो परिणामको लागूऔषध गाँजा बरामद गरिएको हो। नेपाल प्रहरीले ४ सय २२ र सशस्त्रले १ सय २० किलो गाँजा बरामद गरेको छ।  

नेपाल-भारत सीमा क्षेत्रनजिकको जहदा-२ बेरियारी टोलस्थित मकैबारीमा लुकाएर राखेको अवस्थामा ४ सय २२ किलो गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मोहमद मजेबुल मियाँको मकैबारीबाट गाँजा बरामद भएको हो। 

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक प्रकाश रेग्मीको नेतृत्वमा खटिएको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले दिउँसो १२ः१५ बजेतिर १४ वटा बोरामा प्याक गरेको अवस्थामा गाँजा फेला पारेको थियो। भारततिर कटाउनलाई गाँजा लुकाएर राखिएको जानकारी आउनसाथ नियन्त्रणमा लिन कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले टोली परिचालन गरेका थिए। 

गाँजा कसले ल्याएर मकैबारीमा भण्डारण गरेको हो भन्ने बारेमा खुल्न बाँकी छ। गाँजाको अवैध धन्दामा संलग्नको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए। उनका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर भारत कटाउनका लागि सीमा क्षेत्रनजिक लगेर थोपरिएको हुनसक्ने अनुमान गरिएको छ। बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको जानकारी एसपी पोखरेलले दिए।  

त्यस्तै भारतीय स्कोरपिओमा राखेर भारततिर नै लैजाँदै गरेको १ सय २० किलो गाँजा बुधबार बिहानका राति २ः२० बजेतिर सशस्त्र प्रहरीले विराटनगर-१ बाट बरामद गरेको छ। गाँजा बोकेर बीआर ११ भी ७६४५ नम्बरको स्कोरपिओ इटहरीबाट विराटनगरतर्फ आइरहेको सूचना पाएलगत्तै नियन्त्रणमा लिन कोसी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले टोली परिचालन गरेका थिए। त्यसलगत्तै परिचालित सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले भारतीय स्कोरपिओबाट गाँजा बरामद गरेको हो।

टोलीले सुरुमा उक्त स्कोरपिओलाई मोरङको बूढीगंगा गाउँपालिका-१ मा रोक्न खोजेको थियो। सशस्त्रको ‘चेक प्वाइन्ट’ छलेर भागेको स्कोरपिओलाई विराटनगर-१ स्थित नोबेल डेरी चोकबाट नियन्त्रणमा लिइएको हो। सशस्त्रलाई देख्नासाथ गाडी छाडेर चालक फरार बनेका थिए। स्कोरपिओ नियन्त्रणमा लिएर खानतलासी गर्दा प्लाष्टिकमा प्याक गरिएको गाँजा बरामद भएको सशस्त्रले जनाएको छ। 

बरामद भएको स्कोरपिओसहित गाँजा आवश्यक कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको छ। त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी पोखरेलले बताए। उनका अनुसार सशस्त्रसँग समन्वय गरेर स्कोरपिओ चालकको खोजी जारी राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.