काठमाडौं महानगरले गर्यो बालाजुको कोत:धुकु पेट्रोल पम्प सिल
काठमाडौं : काठमाडौं महानगरपालिकाले बालाजुस्थित एक पेट्रोल पम्प सिल गरेको छ। नयाँ बजारस्थित कोत: धुकु पेट्रोल पम्प सिल गरिएको महानगरले जनाएको छ।
घरको सटरभित्र सञ्चालित उक्त पेट्रोल पम्प महानगरले सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। सो पेट्रोल पम्प लामो समयदेखि घरको सटरमा संचालित थियो।
महानगरले मापदण्डविपरित संचालित पेट्रोल पम्प,अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।
मंगलबार मात्रै महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडकपेटीको प्रहरी बिट हटाएको थियो ।