सच्चिन भन्दै हर्क साम्पाङलाई धरानका युवा संगठनले बुझाए ज्ञापन

सच्चिन भन्दै हर्क साम्पाङलाई धरानका युवा संगठनले बुझाए ज्ञापन
सुन्नुहोस्

धरान : विधि र प्रक्रिया बेगर काम गरेको र सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गरेको भन्दै विभिन्न राजनीतिक दलका युवा संगठनहरूले धरानका मेयर हर्कराज राई (सम्पाङ)लाई सच्चिएर काम गर्न आग्रह गरेका छन्। 

उनीहरूले नगर प्रमुखजस्तो ब्यक्तिले अमर्यादित भएर काम गर्दा धरानको विकास प्रभावित भएको भन्दै ८ वटा प्रश्न गर्दै ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार तरुण दल, राष्ट्रिय युवा संघ, वाइसीएल, लिम्बुवान युवा मञ्च र समाजवादी युवा संगठनले मेयर राईलाई ज्ञापनपत्र बुझाएको हो। मेयर राईलाई ज्ञापनपत्र बुझाउन उपमहानगर पुगेका युवाहरूलाई सुरुमा सुरक्षाकर्मीले गेटभित्र प्रवेश गर्न नदिँदा केहीबेर तनाव उत्पन्न भएको थियो। 

पछि मेयर साम्पाङ आफैं गेटसम्म आएर ज्ञापन पत्र बुझेपछि स्थिति सामान्य बनेको थियो। वाइसीएल कोशी प्रदेश समिति सदस्य उषा परियारले मेयर राईको गतिविधि अमर्यादित र असभ्य भएको भन्दै आइन्दा यस्तो नगर्न सचेत गराउँदै ज्ञापणपत्र बुझाएको बताइन्। 

पछिल्लो समय मेयर राईले सामाजिक सञ्जालमा झोले, गुइठेलगायतका अमर्यादित शब्द प्रयोग गर्ने गरेको र उपमहानगरपालिकाको नियमित कार्यपालिका बैठक बस्न नसकेको भन्दै मेयरको   ध्यानाकर्षण गराउनका लागि ज्ञापणपत्र बुझाइएको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.