प्रचण्ड र माधव नेपालको पार्टीले ढुंगा हानेको भन्दै ओलीले भने- जागिर खाने मान्छेको टाउको फुटाइदिने आतंककारीहरूले?

प्रचण्ड र माधव नेपालको पार्टीले ढुंगा हानेको भन्दै ओलीले भने- जागिर खाने मान्छेको टाउको फुटाइदिने आतंककारीहरूले?
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढुंगा हान्नेहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पार्टीको रहेको दाबी गरेका छन्। झापामा आयोजित कार्यक्रममा उनले ड्युटीमा रहेका प्रहरीको टाउको फुटाउनेलाई आतंककारीको संज्ञा दिए।

'मलाई ढुंगा हान्ने माधव नेपाल र प्रचण्डको पार्टीको संलग्नता देखियो। ढुंगामुढा गर्ने, ज्यान मार्ने उद्योग गर्ने, एक जना इन्सपेक्टरको टाउकोमा १७ टाँका लाग्यो। के गल्ती गरेका थिए, इन्सपेक्टरले? आफ्नो ड्युटीमा खटिएका थिए। के गल्ती थियो उनीहरूको?,' उनले प्रश्न गरे, 'न कोशी राखे कि मेची राखे कि कर्णाली राखे कि गण्डकी राखे कि? उनीहरू त ड्युटीमा थिए। जागिर खाएर ड्युटी गरेको मान्छेको टाउको फुटाइदिने आतंककारीहरूले? यस्तो हुन्छ राजनीति?'

अर्का एक जना हवलदारको हड्डी भाँच्चिएको भन्दै उनले सरकारको व्यवहारमाथि प्रश्न गरे। 'त्यस्तो ढुंगाको राजनीति, ढुंगे युगको राजनीति, ती मान्छेहरूलाई समाउँदा प्रचण्डका मान्छे, माकुनेका मान्छे कुदेर पुगे त्यहाँ? यिनहरुले विरोध गर्‍या हो छोडदिनुस्, उनीहरूलाई भेटेर हामी छुटाउँछौं, चिन्ता गर्नु पर्दैन। बहादुर रहेछौं, ठोक्यौं। हामी छुटाउँछौं। 

राजनीतिक दलले जे पनि गर्न पाउँदैन, जवाफ दिनुपर्छ,' उनले भने।

उनले केही भए आफूसँग राख्न आग्रह गरे। 'कुरै छ भने मसँग आओस् कुरा गर्न। कालो मोसो भन्या छन्। कालो झन्डा भन्याछन्। हेर्नै मन छ भने आफ्नै घरमा राखेर हेरोस् न बिहान बेलुका। अर्काको किन खोजिरहनु? रुमाल पनि कालो राखेर हेरे भो,' उनले भने। उनले सरकारको व्यवहार हेर्न चाहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.