अब हरेक शुक्रबार साढे १० बजे १० मिनेट अभियान

अब हरेक शुक्रबार साढे १० बजे १० मिनेट अभियान
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : भोलिदेखि हरेक शुक्रबार साढे १० बजे १० मिनेट अभियान सञ्चालन हुने भएको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेंगी संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर अभियान सञ्चालन गर्ने जनाएको हो। 

सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो। 

गत वर्षको डेंगु संक्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.