गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री नियुक्त
पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मध्याह्न पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले माओवादी र स्वतन्त्र सांसद गरी बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
मुख्यमन्त्री पाण्डेलाई पनि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै सरकारी निवासमा शपथ गराएका हुन् । मध्याह्न १२ बजेपछिको साइत हेरी पाण्डेले शपथको समय लिएका थिए ।
शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले दुईजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन्। नेकपा माओवादी केन्द्रबाट शुशिला सिमखडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारीलाई मन्त्री बनेका हुन्। उनीहरूले शपथ ग्रहण गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
४