आगलागी पीडितलाई बाल क्लबको सहयोग

आगलागी पीडितलाई बाल क्लबको सहयोग
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीका आगलागी पीडितलाई  बाल क्लबले सहयोग गरेको छ। 

कमलामाई नगरपालिका-६ को भगवती माविका बालबालिकाहरू आवद्ध भगवती बाल क्लब र भगवती जुनियर रेडक्रस सर्कलले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो। 

विद्यालयको सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत बाल क्लब तथा रेडक्रस सर्कलका बालबालिकाबाटै जम्मा गरिएको नगद आगलागी पीडितलाई प्रदान गरिएको विद्यालयका प्रिन्सिपल कृष्ण उप्रेतीले बताए। 

गत सोमबार भएको आगलागीबाट स्थानीयको पाँच घर जलेर नष्ट भएको थियो। आगलागीबाट एक करोड १६ लाखभन्दा बढीको क्षति भएको थियो। स्थानीय राजकुमार श्रेष्ठको घरबाट सल्केको आगोले कौशल थापा, योग बहादुर थापा र गंगा थापाको घर जलेसँगै उनीहरू बेघर भएका छन्। 

स्थानीय तथा युवा व्यवसायी सिबी बुढाथोकी लगायतको नेतृत्वमा राहत संकलन समिति गठन गरिएको छ। समितिका संयोजक श्याम कुमार श्रेष्ठलाई बाल क्लबको सहयोग रकम प्रदान गरिएको भगवती माविका रमाकान्त सुवेदीले बताए।

स्थानीय राजकुमार श्रेष्ठको घर भाडामा लिई किराना पसल गर्दै आएकी अम्बिका बुढाथोकीले घरमा बालेको दियो बत्ती अचानक घरमा सल्किँदा अन्य चार घर जलेर पूर्ण क्षति भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.