प्रशासकीय अधिकृतमाथि हातपात भएपछि नगरपालिकाको कामकाज ठप्प

प्रशासकीय अधिकृतमाथि हातपात भएपछि नगरपालिकाको कामकाज ठप्प

सिरहा : प्रशासकीय अधिकृतमाथि हातपात भएपछि नगरपालिकाको कामकाज ठप्प भएको छ। शुक्रबार सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेपछि शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कर्मचारीहरूले कामकाज ठप्प पारेका हुन्। 

नगरपालिकाले वडा–१० स्थित अवैध रूपमा उत्खनन भइरहेको ग्राभेल खानी बन्द गराएको थियो। 

त्यही विषयमा निहुँ खोज्दै कमलामाई सप्लायर्स धनुषाधामका सञ्चालक बेचन शर्माको नेतृत्वमा आएका धनगढीमाई–१२ का महेश अधिकारी र वडा–४ का रामएकवाल यादव (बतहा)सहित ५/७ जनाको समूहमा आएका व्यक्तिहरूले प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेमाथि हातपात गरेको छ।

उनीहरूले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द गरिस भन्दै पानीको बोतल प्रहार गरेको कर्मचारीहरूले बताएका छन्। हातपात गर्न थालेपछि तत्कालै नगर प्रहरी प्रवेश गरी शर्माको समूहलाई बाहिर निकालेको थियो। 

कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षा कायम र दोषीमाथि कारबाही नभएसम्म नगरपालिका र वडा कार्यालयहरूको कामकाज ठप्प राख्ने जनाइएको छ। 

स्थानीय तह कर्मचारी युनियनको जिल्ला अध्यक्ष राम उदगार यादवले पनि विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

घटनाबारे बुझने कार्य भएको र निवेदन आए सोहीअनुसार छानबीन गरी कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डे जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.