मुस्ताङको थासाङमा सडक निर्माणमा तीव्रता

मुस्ताङको थासाङमा सडक निर्माणमा तीव्रता

जोमसोम  : मुस्ताङको थासाङ गाउँपालिकाको ६ वटा गाउँ जोड्ने सडक स्तरोन्नतिले गति लिएको छ। 

एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक अन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले सडकको स्तरोन्नति सुरु गरेको हो।

भौतिक योजना तथा यातायात मन्त्रालयले २०७७/०७८ मा कार्यक्रम स्वीकृत गरी ६० लाख बजेट विनियोजन गरेको थियो। 

मुस्ताङको थासाङ-३ लेतेको बेनी-जोमसोम मुख्य राजमार्ग सडकबाट छयो, कुञ्जो, टिटी, धम्पु, कोखेठाटी र सौरु जोड्ने १० किमी सडक स्तरोन्नति तथा डीबीएसडी कालोपत्रेको काम अघि बढाइएको हो।

२०७८ सालमा सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिएको थियो। ठेक्का सम्झौता ढिलो हुँदा काम भर्खरै सुरु भएको हो। 

सो सडकको १२ किमी सडक स्तरोन्नति भनिए पनि हाल लेतदेखि कोखेठाँटीसम्म १० किमी सडकको मात्र ठेक्का सम्झौता भएको छ। 

स्तरोन्नतिका लागि ३८ करोड ८८ लाख ६१ हजारमा सम्झौता भएको हो। ।

गत पुसदेखि सडक स्तरोन्नति सुरु गरिएको सडकको २० प्रतिशत भौतिक प्रगति भएको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर तिवारीले बताए। 

उनले सडकमा ७ मिटर चौडा डीबीएसडी कालोपत्रे गरिने जनाए। अहिले थासाङको टिटी र कुञ्जो क्षेत्रमा धमाधम काम भइरहेको उनले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.