लुम्बिनीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने
पहिलो बैठकले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै त्यसको बजारीकरण गर्ने प्रदेशमा रहेका विभिन्न बस्तुको उपयोग गर्दै कार्यकाल अवधिमा दुई लाख रोजगारी सिर्जना गर्ने निर्णय भएको छ।
दाङ : लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बैशाख १८ गते सोमबार विश्वासको मत लिने भएका छनु। शुक्रबार बसेको पहिलो मन्त्री परिषद् बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेयले बताए।
पहिलो बैठकले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै त्यसको बजारीकरण गर्ने प्रदेशमा रहेका विभिन्न बस्तुको उपयोग गर्दै कार्यकाल अवधिमा दुई लाख रोजगारी सिर्जना गर्ने निर्णय भएको छ। त्यसै गरेर पर्यटन क्षेत्रलाई प्रमुख केन्द्रमा राखेर पर्यटकीय प्रदेश निर्माण गर्ने र यसका लागि हदैसम्मको प्रयास गरी परिणाममा प्रमाणित गर्ने निर्णय गरेको मन्त्री पाण्डेयले बताए।
प्रदेश सरकार गाउँ-गाउँ र घर-घरमा छ भन्ने अनुभूति हुने गरी काम गर्ने निर्णय गरेको मन्त्री पाण्डेलो जानकारी दिए।