सार्क लेखकमा नेपाली

अनुभूति

सार्क लेखकमा नेपाली
सुन्नुहोस्

सम्मेलनको विशिष्ट सूचीमा कहिलेकाहीँ नेपाली लेखक पनि पर्दै आएका छन्। जुन स्वागतयोग्य कुरो हो। यसले भिन्न राष्ट्रका लेखकलाई पुरस्कार पनि दिँदै आएको छ।

सार्क स्वयं सुषुप्तावस्थामा छ। यसमा राजनीतिक र कूटनीतिक कारण हुन सक्छ। सम्प्रति यसको प्रस्ट कारण के छ भने सार्कको थप नयाँ सदस्य अफगानिस्तानलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छैन। किनभने अहिले पनि यहाँ राजनीतिक स्थिरता स्थापित हुन सकेको छैन। यसलाई अहिले पनि आतंकिस्तान नै सञ्चारमाध्यमले सूचना प्रसारित गरिराखेको छ। जब कि यो सूचना शतप्रतिशत सही नहन पनि सक्छ। अर्को सार्क सदस्य राष्ट्र पाकिस्तानसित भारतको राम्रो सम्बन्ध पनि छैन। भारत र पाकिस्तानमा त जन्मजात राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन। यस्तो राजनीतिक र कूटनैतिक सम्बन्ध स्थिर हन न सकेको अवस्थामा बिमस्टेकको धारणा सार्वजनिक गरिएको छ। नेपालमा पनि बिमस्टेकको बैठक सम्पन्न भइसकेको स्थिति छ।

अहिलेसम्म सार्क लेखक सम्मेलनको ६२औं सम्मेलन भए। हालसालै ६३औं सम्मेलन भारतको राजधानी दिल्लीमा सम्पन्न भएको छ। यो सार्क सम्मेलनको मुख्य सूत्रधार हुने भारतकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पञ्जाबी लेखिका अजित कौर। उनले अहिलेसम्म सार्क लेखक सम्मेलनलाई निरन्तरता दिँदै आएकी छन्। उनकी सुपुत्री अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अर्पणा कौर पनि यसमा समान र समानान्तर रूपमा सहायकको भूमिकामा छन्। यसको दुईवटा सम्मेलन काठमाडौंमा पनि सम्पन्न भइसकेको छ। पंक्तिकारले १० वटा सम्मेलनमा भाग लिएको छ। सार्क मुलुकका लेखकबीच यो सम्मेलन लेखकीय सेतुको निर्माण गर्दै आएको बिर्सन सकिँदैन। भारतको नयाँदिल्ली, आगरा र लखनउमा आयोजित सार्क सम्मेलनमा पनि सहभागी भएँ। सार्क सचिवालयबाट प्राप्त मान्यता चाहिँ एकमात्र फाउन्डेसन अफ सार्क राइटर्स (फोस्वाल) लाई प्राप्त छ। यसकी संस्थापिका पनि अजित कौर। सार्क राष्ट्रका लेखकहरूलाई संवाद सम्प्रेषण गर्न उनले मञ्च प्रदान गर्दै आएकी छन्। 

सार्क लेखक सम्मेलनमा कार्यपत्र संकलन गरेर प्रकाशन गर्ने प्रशंसनीय परम्परा छ। यसले नियमित पत्रिका पनि प्रकाशित गर्छ, ‘वियोन्ड बोडर्स।

सम्मेलनलाई कहिले साहित्य अकादमी नयाँदिल्ली र कहिले सार्क सचिवालयबाट आंशिक रूपमा आर्थिक अनुदान प्रदान गरिँदै आएको छ। धेरैजसो सार्क साइटर्सले नै स्रोत र साधन जुटाउँछ। यसको विशिष्ट सूचीमा कहिलेकाहीँ नेपाली लेखक पनि पर्दै आएका छन्। जुन स्वागतयोग्य कुरो हो। राइटर्सले भिन्न राष्ट्रका लेखकलाई पुरस्कार पनि दिँदै आएको छ। यस सूचीमा सुमन पोखरेल र यसपालि भीष्म उप्रेतीले यो अवसर प्राप्त गरेका छन्। सम्मेलनमा कहिलेकाहीँ कविता, कथा, लोकसाहित्य र लोकसंस्कृतिबाहेक नृत्य, गीत र संगीतलाई पनि स्थान दिइन्छ।

फोस्वालले विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने सूचना दुई महिनापूर्व प्रकाशित गर्छ। सोहीअनुसार लेखकहरूको चयन गरिन्छ। तोकिएको विषयमा कार्यपत्र प्रस्तुत गर्ने अवसर प्रदान गरिन्छ। कोरोनाको कहर र प्रहारले दुई÷तीनवटा सम्मेलन अनलाइनबाट सम्पन्न भए। सम्मेलन मन्त्रीबाट होइन, सार्क मुलुकका ख्यातिप्राप्त विद्वान् र लेखकबाट गर्ने परम्परा छ। सम्मेलनमा प्रस्तुत कार्यपत्र संकलन गरेर प्रकाशन गर्ने प्रशंसनीय परम्परा छ। यसले नियमित पत्रिका पनि प्रकाशित गर्छ, ‘वियोन्ड बोडर्स। यसमा कहिले सुफिज्म र कहिले सिखिज्म विषयमा पनि कार्यपत्र प्रस्तुत गर्न आह्वान गरिन्छ। विशेषतः लोकसाहित्य तथा लोकसंस्कृति विषयक आलेखलाई प्राथमिकता दिने गरिन्छ। यसको आधिकारिक नाम हो, सार्क जर्नल र कहिलेकाहीँ कुनै न कुनै खास विषयमा विशेषांक नै निकाल्ने गर्छ।

सन् २००८ मा सार्क जर्नलको चौथो अंक लोकसंस्कृति तथा लोकसाहित्यमा केन्द्रित गरेर प्रकाशित भएको पाइन्छ। प्रथमपल्ट भारतका पूर्वप्रधानमन्त्री भीपी सिंह फाउन्डेसनका प्रमुख सल्लाहकार हुनुहुन्थ्यो। उहाँपछि कुनै प्रधानमन्त्री अथवा मन्त्रीले यस्तो अवसर प्राप्त गरेका छैनन्। यसमा भारतका प्रसिद्ध विदुषी डा. कपिला वात्स्यायन, सार्क सचिवालयका तत्कालीन महासचिव निहाल रोडरिगो, पूर्वमन्त्री अम्बिका सोनी, मूर्धन्य लेखक खुशबन्त सिंह र जवाहरलाल हन्डु लोकसंस्कृति विशेषज्ञहरूको सहभागिता स्मरणीय छ। तुपरान्त लोकसाहित्य र संस्कृतिको सत्र प्रत्येक सार्क लेखक सम्मेलनमा सामिल गरिने परम्परा नै स्थापित भइसकेको पाइन्छ।

हालै सार्क लेखक सम्मेलन (मार्च २६, २७, २८) भयो। जसमा विधान आचार्य, भीष्म उप्रेती, एकप्रसाद दुवाडी, गोपाल पराजुली, महेश पौडेल, नाज सिंह, रञ्जना निरौला, सुमन पोखरेल, रूपसिंह भण्डारी र पंक्तिकार नेपालबाट सहभागी भए। विशिष्ट अतिथिमा बंगलादेशका नाटककार रमेन्दु मजुमदार, भुटानका डा. कुनजांग चोदेन, नेपालका कवि भीष्म उप्रेती र श्रीलंकाकी कञ्चना प्रियाकन्ठाले अवसर प्राप्त गरे। फासेवालका साहित्यिक पुरस्कारबाट भुटानका डा. कुन्जाङ चोदेन तथा डा. रिनजिन रिनजिन, नेपालका भीष्म उप्रेती आदिले प्राप्त गरेका थिए।

आख्यान र कार्यपत्र प्रस्तुति सत्रमा नेपालका महेश पौडेलको कार्यपत्र प्रस्तुत भयो। त्यसपछिको सत्रका सभाध्यक्ष थिए भीष्म उप्रेती। उक्त दिनको अन्तिम सत्रमा नेपालका रूपसिंह भण्डारीले कार्यपत्र प्रस्तुत गरे। २८ मार्चको पहिलो सत्रमा पंक्तिकारले कार्यपत्र प्रस्तुत गरेको थियो। अर्को सत्रका सभाध्यक्ष थिए, नेपाली कवि सुमन पोखरेल। समग्रमा, सार्क सम्मेलनको सुरु र अन्त्य दुवैमा कविता वाचनको वर्चस्व देखियो। ती कवितामा सम्बन्धित देशको माटो र मुटु मुखरित भएको पाइयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.