रुसी आक्रमणमा २६ युक्रेनीको मृत्यु
मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए ।भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए ।
किभ : रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जना युक्रेनी जनाता मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।