कोशी प्रदेशका मुख्यमन्त्रीलाई धरानमा अवरोध, भेडेटार जान सकेनन्

कोशी प्रदेशका मुख्यमन्त्रीलाई धरानमा अवरोध, भेडेटार जान सकेनन्
मुख्यमन्त्री हिक्मत कार्कीलाई बाटो छेक्न भेला भएका पहिचानवादीहरू। तस्बिर : रत्नप्रसाद आचार्य
सुन्नुहोस्

धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रदर्शनकारीले धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। एमालेको कोशी प्रदेशभरिका केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन्।

 
भेडेटारको नाम्जेमा एमालेले आयोजना गरेको कार्यक्रममा एमाले स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री नाम्जे जाने कार्यक्रम थियो। 
मुख्यमन्त्री नाम्जे जाने भएपछि सुनसरी प्रहरीले धरान, इटहरी, दुहबी र चारकोसे जंगलमा ब्यापक प्रहरी परिचालन गरेको थियो। तर, कोशी प्रदेश खारेजीको माग राखेर पहिचानवादीहरू सडकमा आन्दोलन उत्रिएपश्चात् मुख्यमन्त्रीको धनकुटा जाने कार्यक्रम स्थगित भएको प्रहरीले बताएको छ। 

पहिचानवादीले धरानको विभिन्न स्थानमा भेला भएर मुख्यमन्त्रीविरुद्ध पर्दशन गरेका थिए। जसपाका नेता सागर चेम्जोङले एकतर्फी रूपमा मुख्यमन्त्री कार्कीले प्रदेश १ को नाम कोशी राखेकाले किराती बाहुल क्षेत्रमा उनलाई प्रवेशमा प्रतिबन्ध लगाइएको बताए। 

उनले मुख्यमन्त्री भेडेटार आउने कार्यक्रम स्थगित भएको सुरक्षा निकायबाट जानकारी आएकाले पहिचानजवादीले सडक आन्दोलन छाडेको बताए। सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले सुनसरीको बाटो हुँदै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली आउने खबर प्राप्त भएका कारण सुनसरीको सुरक्षा ब्यवस्था कडा पारिएको बताए। 

उनले भीआइपीहरूलाई सुरक्षा प्रदान गर्नु प्रहरीको कर्तव्य भएको बताए। एसपी ढकालले सडकमा भेला भएर शान्ति सुरक्षा खलबल बनाउने जोकोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.