पहिचानवादीको प्रदर्शन छलेर मुख्यमन्त्री कार्की सुटुक्क पुगे भेडेटार

पहिचानवादीको प्रदर्शन छलेर मुख्यमन्त्री कार्की सुटुक्क पुगे भेडेटार

धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की धनकुटाको भेडेटारस्थित नाम्जे पुगेका छन्। एमालेको कोशी प्रदेशभरिका केन्द्रीय सदस्यहरूको बैठकमा भाग लिन जाने क्रममा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कार्की नाम्जे पुगेका हुन्। 

एमालेको नाम्जेमा बैठक बस्ने भनेपछि पहिचानवादी पक्षधरले सुनसरीको धरान, इटहरी र निसानेको जंगलमा विरोध गरेका थिए। जसका कारण मुख्यमन्त्री कार्की बिराटनगरमै रोकिएका थिए। प्रहरीले चलाखीपूर्ण मुख्यमन्त्रीको आगमन स्थगित भएको जानकारी गराएपाछि आन्दोलनकारीहरू सडकमा अवरोध गर्न छाडेर फर्किएका थिए। 

मुख्यमन्त्री कार्की एमालेको बैठकमा आएर सम्बोधन गरको एमालेका पोलिट्ब्युरो सदस्य बिशाल भट्टराईले बताए। एमाले विधि र प्रक्रिया मान्ने पार्टी भएको भन्दै अराजक गतिविधि गरे प्रतिकार गर्ने उनको भनाइ छ। 'एमाले अरिंगालको गोला हो। जिस्काउने कोसिस गरे हामी हातमा दही जमाएर बस्दैनौं,' भट्टराईले चेतावनी दिए।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.