लोघेकर दामोदरकुण्डमा सीप सिकाउँदै गाउँपालिका

लोघेकर दामोदरकुण्डमा सीप सिकाउँदै गाउँपालिका

जोमसोम : मुस्ताङको लोघेरक दामोदरकुण्ड गाउँपालिकाले बेरोजगार रहेका पुरुष तथा महिलालाई रोजगारीका लागि सीप सिकाउन थालेको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत संघीय सशर्त अनुदान मार्फत पालिकाका करिब ६० जना पुरुष तथा महिलाहरूलाई स्थानीय श्रोत साधन उपयोग गर्ने गरी सीपमूलक तालिम दिइरहेको छ।

सरकारले गरिबीको रेखामुनि रहेका परिवारहरूका लागि स्थानीय श्रोत साधनको भरपुर उपयोग गर्ने स्थानीय स्तरमै उद्यमशीलता विकास गर्ने र यस मार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले देशका ७५३ वटै स्थानीय तहहरूमा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। 

‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ (मेडपा) कार्यक्रम सञ्चालन गर्न गाउँपालिकालाई चालु आर्थिक वर्ष २०७९/०८० मा संघीय सर्शत अनुदान २४ लाख बजेट विनियोजन भएको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता रिक्साङ गुरुङले जानकारी दिइन्।

गाउँपालिकाले ५ वटै वडामा फर्निचर सम्बन्धी सिकर्मी तालिम र महिलाहरूलाई गलैचा र कितेन बुन्ने तालिम दिइरहेको गुरुङले बताइन्। 

उनका अनुसार पालिकाको वडा १ को चराङमा पुरुषहरूलाई सिकर्मी तालिम ,वडा २ घमीमा गलैचा बुन्ने तालिम र वडा-२ ,४ र ५ को ढाकमर, घारा र ताङ्ग्यामा कितेन बुन्ने तालिम सञ्चालन भइरहेको छ। 

गाउँपालिकाले सिकर्मी तालिमका लागि प्रशिक्षकका रूपमा कर्साङ धोर्जे गुरूङ र पेमा वाङग्याल गुरुङलाई खटाएको छ। 

गलैँचा बुन्ने तालिमको प्रशिक्षकमा  छिरिङ आङमो गुरूङ  र कितेन बुन्ने तालिमको प्रशिक्षकमा याङढोका गुरूङ, ढोका गुरूङ र योङडुङ ल्हामो गुरूङ  रहेको उद्यम विकास सहजकर्ता गुरुङले जानकारी दिइन्।

गाउँपालिकाले चालु वर्षको सीप विकास कार्यक्रम अन्तर्गत चैत्रको पहिलो हप्तादेखि तालिम सञ्चालन गरेको हो। तालिमको अवधि दुई महिनाको रहेको र वैशाखको अन्तिम हप्ता तालिम समापन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.