विद्युतीय फोहोर बनाऔं मोहर

विद्युतीय फोहोर बनाऔं मोहर

काठमाडौं उपत्यका कुहिने फोहोरको चर्चा बढी हुने गर्छ। विद्युतीय फोहोर (पुराना र बिग्रिएका सीआरटी डेस्कटप, सीआरटी टेलिभिजन, वासिङ मसिन, ल्यापटप, एलसीडी टेलिभिजन र मोबाइल, ब्याट्री टेलिफोन, बिजुलीको फ्युजजस्ता समग्री)ले सहर भरिँदै गएको छ। औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नसकेको नेपालमा विद्युतीय फोहोर थप चुनौतीको विषय हो।

विद्युतीय फोहोर विश्वका लागि नै चुनौती बन्दै गएको छ। अफ्रिकी मुलुकहरू केन्या, सुडान, घाना, तान्जानिया लगायत देशमा विद्युतीय फोहोरको पहाडै बनिसकेको छ। यसले मानव स्वास्थ्यसँगै हावापानीमा पनि गम्भीर असर गरिरहेको छ। नेपालमा वर्षमा २५ हजार टन विद्युतीय फोहोर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ। विद्युतीय सामग्रीमध्ये देशमा अत्याधिक भित्रिरहेको विद्युतीय साधन हो, मोलाइल सेट। पछिल्ला दिनमा बर्सेनि मोबाइल सेटमात्रै सरदर ६० लाख नेपाल भित्रिएको सरकारी आँकडा छ। विद्युतीय सामग्री तथा उपकरणहरूको प्रयोग बढेसँगै विद्युतीय फोहोर बढेकाले व्यवस्थापनमा चुनौती देखिएको हो।

काठमाडौं उपत्यका कुहिने फोहोरको चर्चा बढी हुने गर्छ। विद्युतीय फोहोर (पुराना र बिग्रिएका सीआरटी डेस्कटप, सीआरटी टेलिभिजन, वासिङ मसिन, ल्यापटप, एलसीडी टेलिभिजन र मोबाइल, ब्याट्री टेलिफोन, बिजुलीको फ्युजजस्ता समग्री)ले सहर भरिँदै गएको छ। औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नसकेको नेपालमा विद्युतीय फोहोर थप चुनौतीको विषय हो। सूचना र प्रविधिमा निर्भर हुँदै गएको समाजमा विद्युतीय सामग्रीको प्रयोग बढ्दो छ। सरकारले सामान्य घरायसी फोहोर व्यवस्थापनमा मात्रै ध्यान दिइरहेको छ। केही निजी कम्पनीले विद्युतीय फोहोर संकलन र व्यवस्थापनमा प्रयास गरे पनि त्यो पर्याप्त भएको छैन। विद्युतीय फोहोर व्यवस्थापनका लागि कुनै ठोस काम भएको छैन। त्यसका लागि आवश्यक नीति पनि छैन। विद्युतीय फोहोर व्यवस्थापनका लागि छुट्टै नीतिगत व्यवस्था आवश्यक छ।

विद्युतीय फोहोर समस्यामात्र हैन, अर्थोपार्जनको राम्रो माध्यम पनि बन्न सक्छ। बहुमुल्य धातु पनि यही फोहोरमा मिसिएका हुन्छन्। फोहोरमा सुन, चाँदी, प्लाटिनमजस्ता मूल्यवान् धातु पनि हुन्छन्। त्यसैले आवश्यक नीति बनाएर विद्युतीय फोहोरको उपयोग गर्नसके अबको दशकमा बढ्दो विद्युतीय फोहोरलाई मोहरमा परिणत गर्न सकिन्छ। वातावरण विभागको पछिल्लो अध्ययनअनुसार सन् २०१७ मा काठमाडौं उपत्यकामा मात्रै १७ हजार ७ सय ३० टन विद्युतीय फोहोर उत्पादन भएको थियो। उक्त अध्यनयपछि विभागबाट कुनै पनि अध्ययन भएको छैन। कतिपय स्थानमा विद्युतीय फोहोर पाँच सय प्रतिशतले बढेका तथ्य पाइन्छन्। युरोपमा सबैभन्दा धेरै विद्युतीय फोहोर उत्पादन हुन्छ। त्यसपछि अमेरिका र एसिया आउँछ। युरोपमा प्रतिव्यक्ति १६ किलो विद्युतीय फोहोर उत्पादन हुने गरेको छ। प्रविधिको उच्च प्रयोग बढ्दै गएको नेपालमा विद्युतीय फोहोरको ब्यवस्थापनबारे बेलैमा नसोच्ने हो भने यो समस्या बिकराल बन्नसक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.