टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार
फाइल तस्बिर।

अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ।

वासिङटन डिसी : अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन्।

अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ। 

बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए।

सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११:३० बजेतिर ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन्। 

आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए। घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरीरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए। 

क्यापर्सले एबीसीको ह्युस्टन स्टेशन केटीआरकेसँग भने, 'मेरो विचारमा, उनीहरू वास्तवमा बच्चाहरूको हेरचाह गर्न र उनीहरूलाई जीवित राख्न प्रयास गरिरहेका थिए।'

उनले भने, 'सबै पीडितलाई खासगरी टाउकोलाई बढी लक्षित गरी घाँटीदेखि खुट्टासम्म गोली हानिएको थियो।'   

क्यापर्सले पत्रकारहरूसँग भने, 'आक्रमणको समय उक्त घरमा १० जना रहेका थिए।' उनीहरू होन्डुरसबाट टेक्सासमा आई बसोबास गर्दै थिए।

उनले ती बन्दुकधारी को हुन् भन्ने कुरा आफूलाई थाहा भएको र उनी मेक्सिकोका भएको दाबी गरेका छन्। 

स्थानीय अभियोजकको कार्यालयले पछि आफ्नो फेसबुक पेजमा आक्रमणकारी उक्त क्षेत्रबाट भागेको विश्वास गरिएको छ। पिडित परिवारका अन्य सदस्यहरूलाई आक्रमणकारी पक्राउ नपरेसम्म घटनास्थल वरपरका बासिन्दालाई घरभित्रै रहन भनिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.