सिन्धुलीमा कार दुर्घटना : मृतक दुबैको पहिचान खुल्यो

सिन्धुलीमा कार दुर्घटना : मृतक दुबैको पहिचान खुल्यो
सांकेतिक तस्बिर।

कारमा तीनजना सवार थिए। दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार गरी थप उचारका लागि काठमाडौं पठाइएको छ। उनको अवस्था गम्भीर छ।

सिन्धुली : सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा झापाको सुरुङ्गा-४ का ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको मरिण गाउँपालिका ३ ठेगाना भइ हाल काठमाडौं गौरीघाट बस्दै आएकी ३८ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।

कारमा तीनजना सवार थिए। दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार गरी थप उचारका लागि काठमाडौं पठाइएको छ। उनको अवस्था गम्भीर छ। 

बनेपा-सिन्धुली-बर्दिबास (विपि) राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङको घुम्तीमा बा८च ९१३५ नम्बरको रातो ग्रेटवाल नाम गरेको कार सडकबाट करिब २० मिटर तल खसी दुर्घटना भएको हो। कार काठमाडौंबाट बिराटनगरतर्फ जाँदै थियो।

मृतकको शव सिन्धुली अस्पतालमा राखिएको छ। अर्को सवारीलाई साइड दिँदा कार दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.