महावीर पुन र सरकारबीच सिंहदरबारमा वार्ता सुरू

महावीर पुन र सरकारबीच सिंहदरबारमा वार्ता सुरू

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच वार्ता सुरू भएको छ । पुन र सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काबीच सिंहदबास्थित रक्षा मन्त्रालयमा वार्ता सुरू भएको हो ।

वार्तामा रक्षामन्त्री खड्का र मुख्यसचिव शंकरदास बैरागी सहभागी छन् । यस्तै,पुनको तर्फबाट पुनसहित उनीनिकट अरू दुईजना रहेका छन् । अनुसन्धान,नवप्रवर्तन र आविष्कारलाई सरकारले ध्यान नदिएको भन्दै पुनले माइतीघरमा दिनरात धर्ना दिइरहेका छन् ।

अनुसन्धान,नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने पुनको माग छ ।

गत शुक्रबारदेखि पुन रातदिन धर्नामा बसेका हुन्। धर्नालाई समर्थन जनाउँदै विभिन्न राजनीतिक दल र समाजसेवीहरूले ऐक्यबद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.