अफगानिस्तान संकटबारे आज महत्वपूर्ण वार्ता

अफगानिस्तान संकटबारे आज महत्वपूर्ण वार्ता
फाइल तस्बिर।
सुन्नुहोस्

दोहा (एएफपी): संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको तालिबान शासकलाई प्रभावमा पार्ने उपाय खोज्न सोमबार दोहाको कुनै (गोप्य) स्थानमा अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरू भेला गर्ने भएका छन्।

संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो मानवीय संकटका रूपमा लिएको तालिबान प्रशासनले विद्यालय जाने बालिका र अधिकांश महिलालाई संयुक्त राष्ट्रसंघीय निकायका लागिसमेत काम गर्नबाट रोक्ने कदमले विवादलाई थप चर्चामा ल्याएको छ।

सन् २०२१ को अगस्टमा सत्ता फिर्ता लिएको तालिवान सरकार करिब २५ देश र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँगको वार्तामा अनुपस्थित रहने कूटनीतिज्ञहरूले बताएका छन्। वार्ताअघि महिलाहरूको एउटा सानो समूहले शनिबार काबुलमा तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिएको विरोधमा प्रदर्शन गरेको थियो। तर, संयुक्त राष्ट्रसंघ र पश्चिमा शक्तिहरू यस विषयमा छलफल नहुने अडानमा छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘तालिबानलाई कुनै पनि प्रकारको मान्यता दिनु पूर्णतया वार्ताको टेबलभन्दा बाहिरको विषय बनेको छ।’ तालिवान नेतृत्व सहभागीको सूचीमा नरहेको पुष्टि गर्नुका साथै संयुक्त राष्ट्रसंघले कतारको राजधानीमा रहेको स्थान वा गुटेर्रेससहित को–को सामेल हुने भन्नेबारे कुनै जानकारी दिन अस्वीकार गरेको छ।

तालिबानका शरणार्थी उपमन्त्री मोहम्मद अरसाला खरोतीले भने, ‘यस्ता बैठकबाट कुनै परिणाम आउँदैन। जबसम्म उनीहरूले तालिबान शासित अफगानिस्तानसँग उचित सम्बन्ध स्थापित गर्दैनन् र इमिरेट्सको प्रतिनिधित्व हुँदैन, तबसम्म यी बैठक धेरै हदसम्म सफल हुने छैनन्,’ उनले भने। दोहामा संयुक्त राष्ट्रसंघका महासचिवले अफगानिस्तानमा अन्तर्राष्ट्रिय निकायको महत्वपूर्ण राहत अभियानको समीक्षाबारे पनि अद्यावधिक जानकारी दिने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.