पेट्रोलियम पदार्थको मूल्यमा देशभर एकरुपता नभए आन्दोलन गर्ने पेट्रोलियम डिलर्स एसोसिएसनको निर्णय

पेट्रोलियम पदार्थको मूल्यमा देशभर एकरुपता नभए आन्दोलन गर्ने पेट्रोलियम डिलर्स एसोसिएसनको निर्णय
सुन्नुहोस्

गोरखा : पेट्रोलियम पदार्थको देशभरिको मूल्यमा एकरुप कायम गर्न सरकारलाई अनुरोध गर्ने र नभए आन्दोलन गर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले निर्णय गरेको छ । शनिबार र आइतबार गोरखामा आयोजित एसोसिएसनको ४४ औँ साधारणसभाले यस्तो निर्णय गरेको हो । 

अहिले नेपाल आयल निगमले काठमाडौंको डिपोलाई केन्द्र मानी १५ किलोमिटर टाढाका पम्पमा ढुवानी भाडा जोडेर बेच्ने गरेको छ । जसले गर्दा पहाडि जिल्लामा पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता छैन ।
‘पेट्रोलियम पदार्थको मूल्य देशभर एकरुपता कायम गर्नुपर्छ भनेर हामीले एकवर्षदेखि आयल निगमसँग माग गर्दै आएका थियौं’,एसोसिएसनका सचिव विश्व अर्यालले भने,‘महाप्रबन्धकज्यूले सधैं माग सम्बोधन गर्ने तर कार्यान्वयन नगर्ने गर्नुभयो । त्यसैले एसोसिएसनले यस्तो निर्णय गर्नुपर्ने अवस्था आयो ।’

अमलेखगञ्ज डिपो,काठमाडौं डिपो,पोखरा डिपोहरूमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७५,डिजेलको मूल्य प्रतिलिटर १६५ छ । तर गोरखा, लम्जुङ, तनहूँसम्म आइपुग्दा २.४६ जोडेर बेच्ने गरिएको उनले बताए । ‘हाम्रो माग एक महिनाभित्र सम्बोधन नभएकाको खण्डमा आन्दोलन गर्ने निर्णय भएको छ,'एसोसिएसनका सचिव विश्व अर्यालले भने,‘एसोसिएसको वार्षिक साधारण सभाले गरेको निर्णयअनुसार नेपाल आयल निगमसँग आवद्ध व्यवसायी मिलेर माग सम्बोधन गर्न मन्त्रीसमक्ष मागपत्र पेश गर्नेछौँ ।’ 

एसोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा नेपाल आयम निगमका कार्यकारी निर्देशक उमेश थानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत,नेपाल आयल निगम अमलेखगंजका निर्देशक एवं प्रमुख विनितमणि उपाध्यक्ष, पूर्वस्वास्थ्य राज्यमन्त्री हिरा केसी, पूर्वआपूर्ति मन्त्री कन्चनचन्द्र बादे,नेपाल पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोजकुमार दास,नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुश प्रसाद मल्लिक,माछापुच्छे बैक लिमिटेडका सिई टिका भट्टराई,गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना,देशभरिका पेट्रोलियम पदार्थ कारोबारमा आबद्ध व्यवसायी,उद्योग वाणिज्य महासंघका पदाधिकारी,जनप्रतिनिधिलगाय उपस्थित थिए।

कार्यक्रममा आयोजक तथा पूर्वी गण्डक पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष सितलकाजी मास्केले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले नेपाल भइरहेको राजनीतिक अस्थिरता र भर्खर तीन तहको निर्वाचन सम्पन्न भएकाले आफ्नो कार्यकालयमा सोचे अनुरुप काम गर्न नसकिएको बताए । 

सो साधारण सभामा एसोसिएसनका सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । पूर्वी गण्डक पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन(गोरखा/लमजुङ/तनहुँ) को आयोजनामा आइतबार कार्यक्रम सम्पन्न भएको हो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.