नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुन्छ : राजदूत थम्पसन
सोलुखुम्बु : नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने बताएका छन्। सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक जिन विथ टेकरले आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा सोलुखुम्बुको नाम्चेमा आयोजित कार्यक्रममा बोल्दै राजदुत थम्पसनले अमेरिकाले नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चहाएको बताए।
आफूहरूको नेपालसँगको सम्बन्ध पुरानो भएकाले यसलाई थप मजबुत बनाउन चहाएको उनको भनाइ छ। जिन विथ टेकर सन् १९६३ मे १ तारिखका दिन पहिलो अमेरिकी नागरिकको रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।
हालः ९५ वर्षका टेकर अमेरिकामै रहेको बताइएको छ। उनले आरोहण गरेको ६० वर्ष पूरा भएको उपलक्ष्यमा अमेरिकी दूतावासले नाम्चेको हिमालय आविमा आयोजना गरेको कार्यक्रममा राजदूत थम्पसनसहित, पूर्वराजदूत दापुटी शेर्पा, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले बताए।
हेलिकोप्टरमार्फत् नाम्चे आएका राजदूत थम्पसन मौसम प्रतिकूलताका कारण फर्किन नसकेको बताइएको छ। राजदूतसहितको टिम आज सोमबार नाम्चेमै रहेको प्रहरीले जनाएको छ।