‘होल्डिङ सेन्टर उपयोगमा ल्याऔं’

‘होल्डिङ सेन्टर उपयोगमा ल्याऔं’
फाइल तस्बिर।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज नाकामा करोडौंको लागतमा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगविहीन भए पछि त्यसलाई जनहितका काममा प्रयोगमा ल्याउन यहाँका जनप्रतिनिधिले सरकारलाई सुझाव दिएका छन्। 

पर्सा १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सोमबार बिहान निर्माणपछि प्रयोगविहिन रहेको होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्दै यस्तो सुझाव दिएका हुन्।

कोभिड महामारीका बेला भारतबाट भित्रिने यात्रुको स्वास्थ्य चेकजाँच तथा संक्रमितहरूलाई क्वारेन्टीनमा राख्नका लागि सरकारले वीरगन्जनाका स्थित भन्सार छेउमा १ हजार शय्या क्षमताको करिब २८ करोड रुपैयाँको लागतमा होल्डिङ सेन्टर निर्माण गरेको थियो। उक्त सेन्टरमा कुल ६० वटा भवन छन्। जसमध्ये १३ वटा भान्सा घर र २२ वटा शौचालय पनि छन्। तर, होल्डिङ सेन्टर निर्माण भएको करिब एक वर्ष बित्दासमेत प्रयोगविहीन अवस्थामा छ। 

अनुगमनपछि प्रतिनिधिसभा सदस्य यादवले करोडौंको लागतमा निर्मित संरचनालाई उपयोगविहीन अवस्थामा राख्न नहुने बताए। लामो समयदेखि प्रयोगविहीन रहेको होल्डिङ सेन्टरको संरचनालाई जनहितका काममा उपयोगमा ल्याउनुपर्ने पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले बताए। 

यस्तै वीरगन्ज महानगरका मेयर सिंहले पनि प्रयोगविहीन होल्डिङ सेन्टर महानगरवासीको हित हुने कुनै कामका लागि प्रयोगमा ल्याउन सकिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.