लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत लिएका हुन् । प्रदेश सभाका बहुमत ५३ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छ्न् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ।
प्रदेश सरकारप्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउनेगरी काम गर्ने मुख्यमन्त्री बताए । मुख्यमन्त्रीलाई नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति,लोसपा,जसपा, जनमत,र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्। एमालेले विपक्षमा मतदान गरेको छ ।
अहिले मुख्यमन्त्रीसँगै नेकपा माओवादीबाट धनबहादुर मास्की,लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।