सुनसरीलाई पछि पार्दै झापा सेमिफाइनलमा

सुनसरीलाई पछि पार्दै झापा सेमिफाइनलमा
सुन्नुहोस्

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा जारी उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा अल इन वन क्लब झापा विजयी भएको छ। 

त्रियुगा नगरपालिका उपमेयर कोषको सहयोगमा उदयपुर फुटबल संघले आयोजना गरेको प्रतियोगितामा डिडब्लुएफसी धरान सुनसरीलाई शून्यको विरुद्ध २ गोल गर्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो। 

खेलको १५औँ मिनेटमा झापाका ममता राउतले प्रहार गरेको वल विपक्षी गोलकिपरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो। 

लगतै झापाकै सविता राना मगरले डिबक्स नजिकबाट प्रहार गरेर जित निकालेकी हुन्। जवाफमा सुनसरीले थुप्रै गोल गर्ने अवसर पाए पनि गोल हुन सकेन। प्रतियोगिताको म्यान अफ दी म्याच सबिता राना मगर घोषित भइन। उनलाई नगद २ हजार रुपैयाँले त्रियुगा नगरपाकिलाका उपप्रमुख महेश्वरी राईले सम्मान गरिन्। 

सुनसरीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको झापाले बुधबार सुनसरीकै माउण्ट एभरेष्ट स्पोटिङ क्लबसँग सामना गर्ने सचिब किरण कार्कीले बताए। उनका अनुसार प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार गाईघाट फुटबल क्लब उदयपुर र पिएसडव्लुसी पथरी मोरङ बीच हुने छ। 

प्रतियोगितामा सुनसरी, सर्लाही, झापा, सप्तरी, मकवानपुर, मोरङ र उदयपुर गरी ८ वटा टिम सहभागी रहेको छ। प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छ। 

त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समितिको समन्वयमा सञ्चालित उपमेयर प्रतियोगिता उदयपुरकै लागि यो पहिलो हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.