नेप्से परिसूचक १८६६ विन्दुमा, कारोबार रकम ६९ करोडमा झर्यो
काठमाडौं : सेयर बजारमा सामान्य अंकको करेक्सन आएको छ। आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स १.१२ अंकले घटेर ३५७.०२ विन्दुमा अडिएको छ। आज २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कम्पनीको ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको सेयर खरिदबिक्री भयो।
यसदिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक बिक्री भयो। सो कम्पनीको सेयर ८.२० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २ करोड ४४ लाख मूल्य बढिको सेयर कारोबार भयो।
नेपाल दूरसंचार कम्पनीको सेयर २ करोड २८ लाख मूल्यको सेयर कारोबार भयो भने शिवम् सिमेन्टको २ करोड १५ लाख मूल्यको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६ को घट्यो।