अर्थतन्त्र संकटमा पर्दा सरकार भागबण्डामा रमायो : केपी ओली

अर्थतन्त्र संकटमा पर्दा सरकार भागबण्डामा रमायो : केपी ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रमा देखिएको समस्याका कारण मुलुक संकटमा सरकार गम्भीर हुन नसकेको र भागबण्डामा रमाइरहेको समेत बताए। उनले अर्थतन्त्रका कारण देश ध्वस्त हुने अवस्थामा पुग्दा सत्ताबाहेक केही नदेख्ने प्रवृति देखिएको बताए।

व्यपारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्बौं कमाएको तर देश घाटामा गएको उनको भनाइ छ। उनले अबको डेड वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिने देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गरे। ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गरे। 

उनले देशलाई बर्बादीबाट जोगाउने काम नेकपा एमालेबाहेक कसैले गर्न नसक्ने दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.