यार्सागुम्बा संकलन गर्न गएकी महिला हिमपहिरोमा बेपत्ता

यार्सागुम्बा संकलन गर्न गएकी महिला हिमपहिरोमा बेपत्ता
फाइल तस्बिर

बझाङ : बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन्। 

जिल्लाको सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झलनादेवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन्। 

उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न गएको समय बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। 

सोमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ। उनको साथमा रहेका दुई वटा छोरा भने सकुसल घर पुगेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ। 

घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ। खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.