पर्सामा ४६ किलो गाँजासहित एक जना पक्राउ
वीरगन्ज : पर्साको ठोरी गाउँपालिका-५ बाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-२ का ५३ वर्षीय बौद्ध सिंह घलान रहेका छन्।
प्रहरीले घलानलाई ४६ केजी गाँजासहित गत आइतबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोली गस्तीका क्रममा ठोरी गाउँपालिका-५ मा पुग्दा तीन जना व्यक्तिहरू गाँजा बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए।
तर दुई जना भने गाँजाको पोका छाडेर फरार भएको र घलानलाई मात्रै पक्राउ गर्न सफल भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढोथोकीले बताए।
पक्राउ परेका घलानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बुढाथोकीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
६