दार्चुला हिमपहिरो : निरन्तर हिउँ परेपछि उद्धारमा कठिनाइ

दार्चुला हिमपहिरो : निरन्तर हिउँ परेपछि उद्धारमा कठिनाइ
भोलिन वनमा माथिबाट खसेको हिमपहिरोमा परी यार्सागुम्बा संकलन बेपत्ताको खाजी कार्यमा सशस्त्र प्रहरी।
सुन्नुहोस्

दार्चुला : दार्चुलामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका छन्। जिल्लाको ब्याँस गाउँपालिका-१ मा पर्ने भोलिन वनमा माथीबाट खसेको हिमपहिरोमा परी यार्सागुम्बा संकलन गर्न गएका ५ जना बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बरबहादुर विष्टले जानकारी दिए। 

हिमपहिरोमा परेर यार्सा संकलक बेपत्ता भएको खबर आएपछि सितापुल प्रहरी चौकीबाट गएको प्रहरी टोली तीन-चार घण्टापछि केहीबेरअघि मात्र घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। १२ जना यार्सा संकलक पालमुनि बसेको बेला एक्कासी हिमपहिरो आउँदा सात जना भने सकुशल रहेको उनले जानकारी दिए। बेपत्ता पाँच जनाको खोजी भइरहेको छ। घटनास्थलमा अहिले पनि हिमपात भइरहेकाले बेपत्ताहरूको खोजीमा समस्या भइरहेको छ। 

मंगलबार दिउसो ३ बजेतिर खसेको हिमपहिरोमा परी ४ महिला र एक जना पुरुष बेपत्ता भएको जानकारी प्राप्त भएको उनले बताए। ४ जना महिलाहरू डोटी जिल्लाको बुडरका रहेको तथा एक जना पुरुष दार्चुलाको दुहुँ गाउँपालिकाको पोक्से घर भएका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताइएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डिएसपी ईश्वरी दत्त भट्टका अनुसार त्यहाँ बसेका १२ जना यार्सा संकलकमध्ये ७ जना सकुशल रहेका छन्। यार्सा संकलक त्रिपाल टागेर बसेका बेला हिमपहिरो खसेको बताइएको छ। अहिले घटनास्थलमा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी कार्य गरिरेहेको छ। 

‘हाम्रो ३० जनाको टोलीले उनीहरू बसेको त्रिपालभित्र र वरपर हेर्‍यौं कहीँ भेटिनुभएन,' छाङरुका डिएसपी ईश्वरी दत्त भट्टले भने। घट्नास्थलमा ५ फिट उचाइको हिउँ जमेकाले खोजी कार्य गर्न कठिन भएको उनले बताए। 

घट्ना स्थलमा अहिले पनि हिमपात भइरहेकाले बेपत्ताको खोजीमा समस्या भइरहेको उनले बताए। सकुशल भेटिएकाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको उनले बताए। बेपत्ता भएकाको नाम खुल्न नसकेको बताइएको छ।

अहिले रातिको समय भएकाले खोजी कार्यमा समस्या भएको छ। अहिले कुनै साधन स्रोत नभएकाले सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली फिता भई सकेको प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताइन्। 'घटनास्थलमा ५ फिट हिउँ जमेको भन्ने खबर छ। खोजीकार्य गर्न निकै कठिन छ। मौसमले साथ दिए भोलि बिहानै थप सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पठाउने तयारी गर्दै छौं,' उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.