हिमपातले यार्सागुम्बा संकलनमा समस्या

हिमपातले यार्सागुम्बा संकलनमा समस्या
सुन्नुहोस्

जोमसोम : मुस्ताङको उच्चलेंकमा यार्सा संकलन सुरु भएको छ। जिल्लाको कोवाङ, टुकुचे र जोमसोमका उच्चलेंकमा यार्सा संकलन सुरु भएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मातहतको इलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गतका ९ वटा र इलाका संरक्षण कार्यालय लोमान्थाङ अन्तर्गत सातवटा  स्थानीय संरक्षण व्यवस्थापन समिति छन्। 

यिनै समितिहरूले एक्यापको कार्यविधि र मापदण्डमा रहेर वन तथा वातावरणका साथै उच्चलेंकको जैविक विविधता संरक्षणमा योगदान दिँदै आइरहेका छन्। 

यो समितिले वनजंगलको संरक्षणसँगै हिमाली जटिबुटी यार्सा गुम्बा संकलन तथा व्यवस्थापनको काम पनि गर्ने गर्छ।

संरक्षण व्यवस्थापन समितिले धमाधम यार्सा गुम्बा संकलनका लागि पुर्जी दिन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए। 

उनका अनुसार थासाङको १ र २ अन्तर्गत कोवाङ र टुकुचे र घरपझोङ गाउँपालिका-४ को जोमसोम संरक्षण व्यवस्थापन समितिले वैशाख १३ देखि असार १५ गतेसम्मका लागि यार्सा संकलन पुर्जी दिन थालेका हुन्।

कोवाङको मुली लेंक, पोलो खर्क र श्रीखर्क, टुकुचेको बतासे र संयुक्त मार्चे लेंक र जोमसोमको नमखुलेंकमा यार्सा संकलन गर्न सम्वन्धित समितिहरूले पुर्जी फुकुवा गरेको एक्यापका कार्यालय प्रमुख सुवेदीले बताए। 

उनका अनुसार वारागुङ मुक्तिक्षेत्रको झोङ, मुक्तिनाथ र कागबेनी संरक्षण समितिले जेठबाट मात्र यार्सा संकलन पुर्जी दिनेछन्। तर,उपल्लो मुस्ताङमा यार्सा संकलन नहुने भएकाले त्यहाँको संरक्षण समितिले यार्सा संकलनको पुर्जी फुकुवा गर्दैनन्।

यार्सा संकलन गर्न जाने व्यक्तिहरूले सम्वन्धित स्थानीय संरक्षण समितिले यार्सा संकलन पुर्जीको रकम निर्धारण गर्छन्। थासाङको कोवाङ संरक्षण व्यवस्थापन समितिले स्थानीय यार्सा संकलकलाई २५ सय र जिल्ला बाहिरका यार्सा संकलकलाई ५ हजार शुल्क लिएर पुर्जी दिएको कोवाङ संरक्षण व्यवस्थापन समितिका अध्यक्ष जीवन थकालीले बताए।

यसपटक यार्सा संकलन गर्न उच्चलेंक जाने व्यापारीलाई समेत शुल्क तिरेर पुर्जी लिनुपर्ने व्यवस्था गरिएको संरक्षण समितिका अध्यक्ष थकालीले जानकारी दिए। कोवाङको उच्चलेंकमा यार्सा टिप्न स्थानीय र बाहिरका ३५ जनाले पुर्जी लिइसकेको उनले उल्लेख गरे।

मुस्ताङमा यार्सा संकलन गर्न स्थानीयसहित रोल्पा, दाङ, रुकुम, गोर्खा, धादिङ, बाग्लुङ र म्याग्दीका मानिस आउने गर्छन्। 

जैविक विविधता मध्येको बहुमूल्य प्राकृतिक हिमाली जटिबुटीको स्वदेश तथा विदेशमा उत्तिकै माग हुनेगर्छ। एउटै यार्सा गुम्बा गोटाको २ सय देखि २ हजारसम्म पर्ने गर्छ। हिमाली यार्सा प्रति केजी मूल्य २५ लाखदेखि ४० लाखसम्म पर्ने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.