सिन्धुलीको कमलामाई नगरपालिकाबाट श्रम स्वीकृति सुरू

सिन्धुलीको कमलामाई नगरपालिकाबाट श्रम स्वीकृति सुरू
कमलामाई नगरपालिका ७ बर्देउटारका सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिदै । तस्बिर : राजन गाउँले
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाबाट पहिलो पटक वैदेशिक रोजगारमा जाने युवायुवतीको व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरुवात गरेको छ । जिल्लाका नौंवटा स्थानीय तहमध्ये कमलामाईले बुधबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । 

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार कमलामाई नगरपालिकाअन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रम (रोजगार सेवा केन्द्र) बाट यो व्यवस्था सुरु भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक श्यामकुमार घलानका अनुसार नगरका तीनजना सेवाग्राहीलाई व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा प्रदान गरेर कार्यक्रमको सुरुवात गरिएको हो । 

कमलामाई नगरपालिका ७ बर्देउटारका तिर्थबहादुर कसाईको रोजगार सेवा केन्द्रमार्फत् भरिएको अनलाईन फर्म श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाबाट स्वीकृत भएर आएपछि पहिलो पटक उनलाई प्रदान गरिएको समेत घलानको भनाइ छ । 

गत २०७९ चैत १६ गते गरेको मन्त्रिपरिषद्को निर्णय बमोजिम कमलामाई नगरपालिकाबाट श्रम स्वीकृति दिने व्यवस्था सुरु भएको हो । नगरले नगरका तीनजना सेवा ग्राहीलाई अनलाई सेवा प्रदान गरेको छ । ‘नगरको रोजगार सेवा केन्द्रबाट तीनजनाको व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाई आवेदन दिइएकोमा आइतबार एकजनाको स्वीकृत भएको र दुईजनाको स्वीकृत हुने अवस्थामा रहेको छ,’घलानले थपे ।

वैदेशिक रोजगारमा जाने युवायुवतीले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत् आवेदन फारम भर्न सक्ने व्यवस्था कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको थियो । 

वैदेशिक रोजगार ऐन,२०६४ तथा वैदेशिक रोजगार नियमावली,२०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । सरकारले यही वैशाख १ गते देखि वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउनुका साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने उद्देश्यले वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्र मार्फत अनलाई फर्म भर्न सक्ने व्यवस्था मिलाएको हो ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण निशुल्क गरिदिने घलानको भनाइ छ ।

सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनु पूर्वसामाजिक सुरक्षा कोष,कल्याणकारी कोष र बिमाका लागि तिर्नुपर्ने हुन्छ । यस्तो रकम समेत अनलाई भुक्तानी गर्न सकिन्छ । कल्याणकारी कोषका लागि  एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम  दुई हजार र बिमाका लागि उमेर अनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने बताइएको छ ।

यस्ता रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह गर्ने कार्य समेत गर्नेछन् ।

यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृतिको काम अघि बढाइएको भएपनि त्यस्ता कार्यालयबाट श्रमिकलाई दुःख दिने,फाइल अनावश्यक रुपमा अल्झाउने गुनासा श्रम मन्त्रालयमा पुग्ने गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.