टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
सुन्नुहोस्

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । 

नेकपा एमालेका सचिव रायमाझीका छोरा सन्दीपलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

प्रहरीले रायमाझीलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । सोही घटनामा संलग्‍न रहेको भन्दै सन्दीपका बुबा टोपबहादुरलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ।

नक्कली भुटानी शरणार्थी  ठगी प्रकरणमा रायमाझीसहित ८ जना पक्राउ परेका  छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.