नक्कली शरणार्थी प्रकरणमा थप १०-११ जना पक्राउ पर्नसक्ने, अनुसन्धानमा जुट्यो प्रहरी
काठमाडौं : प्रहरीले नक्कली शरणार्थी प्रकरणमा थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भीक अवस्था देखिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था रहेको बताए।
ठगीबाट सुरु भएको उक्त मुद्दा संगठित अपराधमा परिणत गरेर ४० दिनयता निरन्तर अनुसन्धान भइरहेको उनले बताए। कार्कीले सयभन्दा बढी व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी दिए।
उनले पक्राउ परेका व्यक्तिहरूबारे जानकारी दिने गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा अन्य पक्राउ परेको भनि आएको समाचारमा सत्यता नरहेको धारणा राखे। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्दीप रायमाझीलगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।