वीरगन्जमा जथाभावी फोहोर फाल्ने एक जनालाई ५० हजार जरिवाना

वीरगन्जमा जथाभावी फोहोर फाल्ने एक जनालाई ५० हजार जरिवाना
शुक्रबार वीरगन्जको बाइपास सडक छेउमा फोहोर फालेका शिवपुजन चौरसियालाई तिराइएको जरिवानाको रसिद दिंदै महानगरका कर्मचारी। तस्बिर : क्रान्ति शाह।
सुन्नुहोस्

वीरगन्ज : शहरको सरसफाइ र सौन्दर्यकरण अभियान चलाएको वीरगन्ज महानगरपालिकाले शुक्रबार जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाही गरी ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। 

सफा, स्वच्छ र सुन्दर वीरगन्ज महानगर  बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाही गरेको हो। 

वीरगन्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ जरिबाना गरेको हो। 

महानगरले यसअघि वीरगन्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिबाना गरेको थियो। 

महानगरपालिकाले चार महिना यता सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ९० जनालाई कारबाही गरी ९ लाख ६० हजार भन्दा बढि जरिबाना असुल गरिसकेको छ।

महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रबारसम्म ३ सय ९० जनालाई कारबाही गरी जरिवाना बापत ९ लाख ६१ हजार ५०५ रुपैयाँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए।

वीरगन्ज शहरलाई सफा र स्वच्छ राख्न सरसफाइ र सौन्दर्यकरण अभियान अन्तर्गत महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई नगद १ हजारदेखि ५१ हजार रुपैयाँसम्म जरिवाना तिराउँदै आएको छ। 

नगर सफा राख्न वीरगन्ज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३-३ पटक फोहोर संकलन गर्नुका साथै ब्रुमरमार्फत सडकको धुलो बढार्ने काम पनि गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.