सप्तरीलाई हराउँदै मोरङ फाइनलमा

सप्तरीलाई हराउँदै मोरङ फाइनलमा
सुन्नुहोस्

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा जारी प्रथम उपमेयर महिला फुटबल प्रतियोगिताको बिहीबारको खेलमा पिएसडव्लुसी पथरी मोरङ विजयी भएको छ। 

थारुहट रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा एनविवाईसी सप्तरीलाई ० को विरुद्ध १ गोल गर्दै पथरी फाइनलमा प्रवेश गरेको हो। 

जितसँगै पथरीले शनिबार हुने फाइनल खेलमा अलइनवन झापाको सामना गर्ने छ। ६० मिनेटको निर्धारित खेलमा पहिलो हाफको २९ औँ मिनेटमा मोरङका सुप्रिया मिँयाले उत्कृट खेल प्रदर्शन गर्दै पहिलो गोल गरेकी थिइन्। 

अन्ततः उनको त्यो अग्रता नै टिमका लागि जित्ने निर्णायक गोल रह्यो। निकै प्रतिस्पर्धात्मक अन्तिम सेमिफाइनल खेलमा सप्तरीले गोल गर्ने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेन। प्रतियोगिताको म्यान अफ दी म्याच मियाँ घोषित भइन्। 

उनलाई नगरपालिकाका उपमेयर महेश्वरी राईले नगद दुई हजारले सम्मान गरिन्। त्रियुगा नगरपालिका उपमेयर कोष मुख्य प्रायोजन रहेको प्रतियोगितामा त्रियुगा नगरपालिकाको १६ वटै वडा र नेपाल टेलिकमले समेत प्रायोजन गरेको छ। 

प्रतियोगिताको विजयी समूहलाई नगद एक लाख र उपविजेताले नगद ५० हजारसँगै ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.