साउदीमा कोमामा रहेका भक्तमणि स्वदेश फिर्ता

साउदीमा कोमामा रहेका भक्तमणि स्वदेश फिर्ता
सुन्नुहोस्

साउदी : सडक दुर्घटनामा परी कोमामा रहेका धनकुटाका भक्तमणि रखाल स्वदेश फिर्ता भएका छन्। नेपाली दूतावासको सहयोगमा उनी नेपाल फर्किएका हुन्। 

गत २१ जनवरीमा साउदी अरेबियाबाट नेपाल फर्किने बेलामा विमानस्थल आउँदै गर्दा उनी सडक दुर्घटनामा परेका थिए। 

दुर्घटनाबाट गम्भीर घाइते भएका रखाललाई उपचारको लागि साउदी अरेबियाको किङ अब्दुला मेडिकल सेन्टरमा राखिएको थियो। उपचारको क्रममा उनी कोमामा गएका थिए। 

लामो समयपछि होस आउनासाथ उनलाई नेपाली दूतावास रियादको सहयोगमा थप आवश्यक उपचारको व्यवस्था गरी पुनः एक्जिट भिसाको लागि श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरी स्वदेश फिर्ताको लागि एक्जिट भिसाको व्यवस्था गरिएको थियो।

उपचारार्थ भक्तमणिलाई स्वदेश फिर्ताको क्रममा हस्पिटलले विमानस्थलसम्म लैजान निशुल्क एबुलेन्सको व्यवस्था गरिदिएको थियो भने स्ट्रेटचरबाट नेपाल जाँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यवस्था गरेको थियो। रखाल ४ मे २०२३ का दिन नेपाल एयरलाइन्सबाट स्वदेश फिर्ता भएका थिए। उनी अहिले नेपालमा परिवाको हेरचारमा थप उपचारको लागि हस्पिटलमा भर्ना भएका छन्।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.