नक्कली नोटसहित दुई जना पक्राउ

नक्कली नोटसहित दुई जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : भारतबाट नक्कली नोट लिएर नेपाल आएका दुई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको गोडौता नगरपालिका-१२ मधुवनी गाउँ घर भएका ३४ वर्षीय आनन्दबर्धन सिंह र बाराको परवानीपुर गाउँपालिका-३ घर भएका ३६ वर्षीय ओमप्रकाश साह रहेका छन्। 

भारतबाट भारतीय नम्बर प्लेटको स्कार्पियोमा नेपाल प्रवेश गरेका उनीहरूलाई प्रहरीले नेपाली एक हजार र पाँच सय दरका नक्कली नोटसहित पक्राउ गरेको हो। 

उनीहरुको साथबाट नेपाली एक हजार दरको नक्कली नोट ४५० थान र पाँच सय दरको नक्कली नोट ७२ थान गरी ४ लाख ८६ हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। 

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज-१६ स्थित ४० फिटे सडकमा बीआर ०१ पिजि ६५७७ नम्बरको स्कार्पियो गाडी रोकेर चेकजाँच गरेको थियो। 

त्यसक्रममा स्कार्पियोभित्र रहेको सेतो रंगको प्लास्टिकको झोलाबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। 

उनीहरूको साथबाट सक्कली नेपाली दुई लाख रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.