लेकैमा खर्क नि भेडीगोठ ठूलो,
मालिंगो काटी नि गोठैको छानो,
लेकैको बसाइ नि सिरेटो सरी,
राडीका दोचा नि मेरा बाबा राडीका दोचा नि।
जमेको पानी नि कटैक्कै खाने,
आफू है सोच नि मेरा बाबा आफू है सोच नि।
लेकाली जुका नि खुट्टामा टाँस्सी,
रगत चुस्तछन् मेरा बाबा रगत चुस्तछन्।
खुट्टामा नुन है दलेर हिँडें,
जुका ती बस्तछन् मेरा बाबा जुका ती बस्तछन्।
नेपाले भटमास भुटेको मकै,
मेसुको अचार मेरा बाबा मेसुको अचार।
गोठलाई छुट्टै घरलाई छुट्टै,
पुर्याउनु विचार मेरा बाबा पुर्याउनु विचार।
खाजा र सामल नि गोठका लागि,
भुनेमा राखेर मेरा बाबा भुनेमा राखेर।
टोलङको मोही बाँसको ढुङ्ग्रो,
राडीले छोपेर मेरा बाबा राडीले छोपेर।