हाम्रै देशमा चौडा सडक

ठूला सडकले यात्रा सहज मात्रै बनाएका छैनन्, सहरकै सुन्दरता बढाएर पर्यटकलाई आमन्त्रण गरिरहेका छन्।

हाम्रै देशमा चौडा सडक
सुन्नुहोस्

कुनै पनि देशको आर्थिक समृद्धि र विकासको परिचय दिन्छन्, त्यहाँका सडकले। जति चिल्ला र फराकिला सडक हुन्छन्, त्यस देशको सान र मान नै फरक हुन्छ। पछिल्ला दिनमा मुलुकका विभिन्न सहरमा यस्तै फराकिला र चिल्ला सडक बनेका छन्। जसले यात्रा सहज मात्रै बनाएका छैनन्, सहरकै सुन्दरता झल्काएका छन्। आन्तरिकदेखि विदेशी पर्यटकलाई यात्राका लागि आमन्त्रण गरिरहेका छन्। 

जुन ठाउँमा राम्रा सडक वा बाटोघाटो बन्छन, त्यहाँ यातायात, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता अतिआवश्यक तथा अन्य कुराको पनि सहज विकास हुन्छ। सडकले प्रत्यक्ष रूपमा अर्थतन्त्रका साथै शिक्षा, स्वास्थ्य, संस्कृति चौतर्फी कुराको विकास गर्न सहयोग गर्छ।

नेपालमा पछिल्लो समय गाउँगाउँमा सडक सञ्जालले जोड्ने अभियान नै चलेको छ। साना सडकहरूसँग सँगै गौरवका ठूलाठूला राजमार्गहरू निर्माणको काम पनि धमाधाम भइरहेका छन्। साथै पहिला बनेका राजमार्गहरूमा लेन थपेर सडको चौडाइ बढाउने कार्य पनि धमाधम भइरहेको छ। यसले समग्र नेपालको चौतर्फी विकासमा टेवा पुर्‍याउने कुरा विज्ञहरू बताउँछन्। 

मुलुकमा पछिल्लो समय सडक बन्ने काम तीव्र गतिमा भइरहेको बताउँछन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्रवक्ता भीमार्जुन अधिकारी।

सडक नपुगेको ठाउँमा सडक पुर्‍याउने मात्र नभई केही वर्षदेखि भएकै सडकहरूको पनि लेन बढाउने अथवा त्यसको चौडाइ बढाउने काम धमाधम भइरहेका छन्। यस्ता लेन बढाउने सडकहरूमा काठमाडौं उपत्यकाभित्रको सडकका साथै पूर्वपश्चिम राजमार्गमा पर्ने विभिन्न सडकहरू परेका छन्। 

प्रवक्ता अधिकारी पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाउने सरकारको तयारी रहेको बताउँछन्। त्यसअन्तर्गत धेरै सेक्सनमा काम भइरहेको उनको भनाइ छ। साथै काठमाडौंदेखि मुग्लिनसम्म र मुग्लिनदेखि पोखरासम्मको सडकलाई अपग्रेडिङ गरेर प्रमुख राजमार्ग वा बढी ट्राफिक भएका सडकलाई क्रमशः स्तरोन्नति गर्ने काम पनि धमाधम भइरहेको छ।

हाल नेपालमा ६ लेनसम्मको सडक छ। सडक स्तरोन्नति गर्दा तराई वा सवारी चाप बढी भएको ठाउँमा ५ लेनका सडक बनेका छन्। तराईका बढी ट्राफिक भएका वा व्यस्त सडकहरू भने ६ लेनको बनाइँदै छ। बिचमा मुख्य ४ लेन र छेउमा सर्भिस लेन भनेर लोक्कल गाडिका लागि २ लेनको बाटो निर्माण गरिँदै छु, उनले भने।

बुटवल, चितवन, वीरगञ्जलगायत ठाउँका सडक छ लेनका बन्दै छन्। त्यस्तै पहाडी क्षेत्रमा बन्न लागेका सडक वा स्तरोन्नति गर्न लागिएको सडकमा भने भूगोल हेरेर बनाउनु पर्ने प्रवक्ता अधिकारी बताउँछन्। उनी भन्छन्, कतिपय ठाउँका सडक चार लेनका बनाइँदै छ। साँघुरा वा भीराला पहाड भएकामा भने २ लेनकै मात्र राख्नुपर्ने पनि हुन सक्छ।

हाल नयाँ बन्न लागेका सडक योजनाहरूमा केही सरकारी लगानीबाट र धेरैजसो योजना विभिन्न दातृ निकायहरूको सहयोगमा बन्दै छन्। खासगरी नेपालका ठूला सडकहरू विश्वबैंक र एसियाली विकास बैंकको सहयोगमा बन्ने गरेको अधिकारी बताउँछन्। 

फराकिला सडक मुलुकका लागि अति नै आवश्यक रहेको बताउँछन् पूर्वाधार विज्ञ सूर्यराज आचार्य। पछिल्लो समय बढिरहेको सवारी चाप वा ट्राफिक नै सडक विस्तारको प्रमुख कारण भए पनि यसको अन्य कारण पनि रहेको विज्ञ आचार्यको भनाइ छ।

उनी भन्छन्, ‘पछिल्लो समय विभिन्न स्थानमा बनिरहेका बढी लेनका सडकहरू ट्राफिक आवश्यकताको आधारमा बनेको हो। सडकमा ट्राफिक यति बढी छ कि एक ठाउँबाट अर्को ठाउँमा जाँदा कहिले पनि अड्कलेको समयमा पुगिँदैन। चौडा सडकले त्यसको समाधानमा सघाउँछ।

नेपालमा जति पनि राजमार्ग छन् ती सबै स्तरीय तथा सुरक्षित छैनन्। तिनलाई सुरक्षित, स्तरीय तथा सहरी क्षेत्रमा भएको सवारी चापअनुसार बनाउनुपर्छ। आवश्यकताकै आधारमा सडकको चौडाइ बढाउनु निकै राम्रो काम भएको उनको भनाइ छ।

विगत केही समयदेखि सडकको चौडाइ बढाएर धेरै ठाउँका सडक ४ लेनको बनाइएका छन। यसले जोखिमपूर्ण दुर्घटनाको साथै समयको पनि बचत गर्ने आचार्यले बताए। उनले भने, पुराना २ लेनका सडकहरूमा बीचमा डिभाइडर राख्न मिल्दैन। 

जसले गर्दा विपरीत दिशाबाट आएका सवारीसाधन ठोकिएर दुर्घटना हुने सम्भावना धेरै हुन्छ। साथै २ लेनका सडकमा पार गर्न पर्दा जाम पर्ने सम्भावना पनि धेरै हुन्छ। दुर्घटना कम गर्न तथा सवारी चाप कम गर्न उत्तम उपाय नै सडक चौडा बनाउनु हो।  

धेरै कारणले सडकको चौडाइ बढाउनु उपयुक्त भए पनि निर्माण गर्ने समय अत्यधिक लगाउने गरेको पाइन्छ। सडको चौडाइ बढाउन सुरु गरिएका राजमार्गहरूमा काम सुरु गर्ने र समयमा नै नसक्ने समस्या धेरै नै रहेको छ। 

जसले गर्दा मानिसहरूले आवतजावत गर्दा धेरै लामो समयसम्म सास्ती बेहोर्नुपर्छु, विज्ञ आचार्य भन्छन्। सडक निर्माणको क्रममा हुने ढिलासुस्ती कम गरी समयमा नै स्तरीय सडक निर्माण गर्नुपर्ने उनले सुझाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.