उपमेयर गोल्डकपको उपाधि झापालाई

उपमेयर गोल्डकपको उपाधि झापालाई
सुन्नुहोस्

उदयपुर : प्रथम उप-मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि अलइनवन क्लव झापाले चुमेको छ। त्रियुगा नगरपालिका उपमेयर कोषको सहयोगमा उदयपुर फुटबल संघले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा पिएसडव्लुसी पथरी मोरङलाई ३-० ले पछि पार्दै झापाले जित निकालेको हो।

निर्धारित ८० मिनेटको खेलमा झापाको तर्फबाट पहिलो हाफको २९ औं मिनेटमा रजनी थोकरले खाता खोलेकी थिइन्। लगत्तै ३२ औं मिनेटमा थोकरले दास्रो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। सुरुवाती चरणदेखि नै दबाबमा पारेको झापाले दोस्रो हाफको ३२ औं मिनेटमा झापाका मेनुका आलेमगरले थप एक गोल गर्दै सहज जित निकालेकी थिइन्। 

प्रतिउत्तरमा मोरङका खेलाडीले केही अवसर पाए पनि गोल गर्न सकेनन्। सुरुवातदेखि नै राम्रो फिनिसिङ निकालेर आक्रमक खेल खेलेको झापाले प्रहार गरेको वल गोलकिपर राधिका ओलीले छेकेकी थिइन्। 

जितसँगै झापाले नगद एक लाखसहित ट्रफी, मेडलले सम्मानित भएको छ। उपविजेता मोरङले नगद ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्‍यो। प्रतियोगितामा सात विद्याका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिएको आयोजक फुटबल संघका अध्यक्ष रन्जन कार्कीले बताए। 

उनका अनुसार खेलको उत्कृष्ट गोलरक्षक मोरङका राधिका ओली घोषित भइन्। त्यसैगरी, बेष्ट डिफेन्डर झापाका एलेक्स चौधरी, वेष्ट प्रशिक्षक झापाका मिलन गुरुङ घोषित भए। त्यस्तै वेष्टमिडफिल्डर झापाका रश्मी घिसिङ, सर्वाधिक गोलकर्ता झापाका रजनी थोकर, उदयमान खेलाडी गाइघाटका सविता रोका घोषित भए। उनीहरूलाई जनही तीन हजारले सम्मान गरियो। 

त्यस्तै, सर्वोत्कृष्ट खेलाडी घोषित भएकी झापाकी सविता राना मगरलाई नगद पाँच हजारले सम्मान गरियो। विजेता र उपेविजेता समुहलाई कोसी प्रदेशसभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले नगदसहित ट्रफीले सम्मान गरे।

उदयपुरको सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा आयोजित प्रतियोगितामा सुनसरी, सर्लाही, झापा, सप्तरी, मकवानपुर, मोरङ र उदयपुर गरी ८ वटा टिम सहभागी रहेको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.