अमेरिकाको टेक्सासस्थित मलमा बन्दुक आक्रमण : ९ जनाको मृत्यु
टेक्सास : अमेरिकाको टेक्सासस्थित एक मलमा बन्दुकधारीको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ।
शनिबार एक बन्दुकधारीले मलमा सामान खरिद गरिरहेका ग्राहकमाथि अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
गोली चलेपछि प्रहरीले सयौंजनालाई मलबाट बाहिर निकालेको थियो।
आक्रमणमा परेकामध्ये केही बालबालिका रहेको जनाइएको छ।
घाइतेमध्ये ७ जनालाई अस्पताल भर्ना गरिएको छ भने तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएो छ।
एक तथ्यांकअनुसार यो वर्षमात्रै अमेरिकामा १९८ वटा बन्दु आक्रमणका घटना भएका छन्।
गन भ्वाइलेन्स अर्काइभका अनुसार सन् २०१६ यता यस वर्ष सबैभन्दा धेरै बन्दु आक्रमणका घटना घटेका हुन्।