सेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार ६० करोडमा सीमित
काठमाडौं : सेयर बजारमा दोहोरो अंकले करेक्सन आएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक १९.१२ अंकले घटेर १८५०.६१ विन्दुमा पुगेको हो।
सेन्सेटिभ इन्डेक्स ३.१४ अंकले घटेर ८.७८ विन्दुमा अडिएको छ। यसदिन कारोबार रकम ६० करोडमा झरेको छ। २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भयो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ८.२२ प्रतिशतले बढ्यो। इस्टर्न हाइड्रोपावरको ७.६१ प्रतिशतले उकालो लाग्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३ करोड २२ लाख ३७ हजार ६०७ कित्ता सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। आज हाइड्रो पावर उपसमूहको सूचक सर्वाधिक २.०४ प्रतिशतले ओरालो लाग्यो।
यस्तै डेभलपमेन्ट बैंक,होटल्स एन्ड टुरिजम,इन्भेस्टमेन्ट, माइक्रो फाइनान्स,नन लाइफ इन्स्योरेन्सको मूल्य १ प्रतिशत बढिले घट्यो।