नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड र ओलीले के भने ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने बताएका छन्। आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताएका हुन्।
उनले संसदमा यस प्रकरणमा भएको बहसले सरकारको मनोबल बढाउने काम भएको जिकिर गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दबाव दिएर केहि नहुने स्पष्ट पारे।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडाईका साथ कारवाही गर्न प्रधानमन्त्रीलाई भनेको जानकारी दिए। पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दलका नेता ओलीले प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने काम नगर्न पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको बताए।
उनले एमाले नेता टोपबहादुर रायमाझी एमालेको सम्पर्कमा नरहेको जिकिर गरे।