झुक्काएर लिए नागरिकता, उपत्यकामा खोले मिठाई पसल

झुक्काएर लिए नागरिकता, उपत्यकामा खोले मिठाई पसल
सुन्नुहोस्

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो।

काठमाडौं : उनीहरू सबैसँग जन्मसिद्धका आधारमा बनाइएको नागरिकता छ। वर्षौंदेखि काठमाडौंमा बसेर विभिन्न व्यवसाय गरिरहेका छन्। धेरैजसोको मिठाइ पसल पनि छ। नेपाली नागरिकको हैसियतमा घरजग्गा बैंक ब्यालेन्स पनि छ। 

छोराछोरीको कागजी विवरण पनि नेपाली नागरिकको हैसियतमा बनाइएको छ। तर, उनीहरू नेपाली भने होइनन्। प्रहरीको गोप्य अनुसन्धानका क्रममा उनीहरू भारतीय नागरिक भएको पुष्टि भएको छ। यो घटना हो संघीय राजधानी काठमाडौं उपत्यकाको।

झूटो विवरण पेस गरी नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिक उपत्यकाकाको विभिन्न ठाउँबाट पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीका अनुसार उनीहरूले विभिन्न समयमा नक्कली कागजात र सम्बन्ध तथा ठेगाना विवरण पेस गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएका हुन्। 

विभिन्न समयमा नागरिकता बनाउने टोली स्थलगत रूपमा खटिएको समय पारेर उक्त स्थानमा नक्कली विवरण पेस गरेर नागरिकता लिएका थिए। अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। उनीहरूबाट भारतीय आधार कार्ड तथा नेपाली नागरिकतासमेत बरामद गरेको छ। 

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमूल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्। यस्तै बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन्। 

प्रहरीका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही, बारा, पर्सालगायतबाट जारी गरेको नागरिकता लिएका थिए। उपत्यकाको शंखमूल, कलंकी, लगनखेल, गोंगबुका स्थानमा बसोबास गर्दै आएका थिए। उनीहरूको सन् २०२१ देखि अहिलेसम्म पनि भारतीय मतदाता परिचयपत्रमा नाम छ। 

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो। यस विषयमा प्रहरीले विशेष सूचना पाएको थियो। सूचनालाई पछ्याउँदै जाँदा भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भीमपुरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले झूटा विवरण पेस गरी नेपालको नागरिकता लिएको खुलेको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका १० जना एउटै परिवार तथा नजिकका आफन्त भएको प्रमाण प्रहरीले फेला पारेको छ। 
नागरिकता लिनका लागि उनीहरूले विभिन्न जिल्लामा गएर परिवारको सदस्य तथा अन्य विवरण झूटो तयार गरेका थिए। सूचना अधिकारी रवीन्द्र रेग्मी भन्छन्, ‘नागरिकता बनाउने प्रक्रिया सबै सही नै छ। उनीहरूको सबै विवरण गलत छ। यसका लागि उनीहरूले गलत बुवाआमा, परिवार र ठेगाना र नातासमेत झूटो देखाएका छन्।’ 

गलत विवरणलाई स्विकार गरी सिफारिस गर्ने कर्मचारीमाथि पनि अनुसन्धान गरिने रेग्मीले बताए। उनी भन्छन्, ‘२०६३ साल चैत १७ गते  पहिलोपटक जन्मको आधारमा नागरिकता लिएको प्रमाण प्रहरीले प्राप्त गरेको छ। भारतीय नागरिक भरतप्रसाद गुप्ताले सिराह, रामनगर मिर्चैया २, बाट नागरिकता लिएका थिए। उनको नागरिकता बनेपछि विभिन्न मितिमा अन्यले पनि उही शैली अपनाउँदै नेपाली नागरिकता लिएका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.